लोकप्रिय गायक खत्रीले ल्याए ‘झरनाको पानी’

आदर्श अनलाइन
लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीले नयाँ गीत ‘झरनाको पानी’ बजारमा ल्याएका छन् ।

गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ । गीतमा बिष्णु खत्री र मिना लामाको सुमधुर आवाज छ । माया प्रेमको कथाबस्तुमा तयार गीतको शव्द पनि मर्मस्पर्शी छ ।
झरनाको पानी कलकल बग्यो कञ्चन
हाम्रो जस्तो जोडी यहाँ, कोहीको छैन भन्छन्

केटा : हामलाई हेर्दै घामले एकछिन डुब्न बिस्र्या रैछ
जुनले हेर्नै सकेन रे कम्ता इश्र्या रैछ
केटी : मन परेको मान्छे तिमी पाएको छु साथमा
पाए जस्तै भाछ मलाई आकाशको जुन हातमा

शिव विकको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा आयुष रिजाल र अनु शाहको अभिनय छ । यस म्युजिक भिडियो गायक खत्रीले शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । गीतको म्युजिक भिडियो तल हेर्न सकिनेछ । https://www.youtube.com/watch?v=C99U3MCisR0

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *