सपुतका भाई पनि संगीतमा जम्दै : दोस्रो गीत ‘बुढाबुढी’ सार्वजनिक

आदर्श अनलाइन,बागलुङ

गायन र मोडेलिमा जम्दै गरेको देवेन्द्र बब्लुको दोश्रो गीत ‘बुढाबुढी’ सार्वजनिक भएको छ ।

देवेन्द्र चर्चित गायक सपुतका साइला भाई हुन् । देवेन्द्र सपुतको बोल माया देखि गलबन्दी गीतको भिडियोमा समेत सहायक निर्देशकको रुपमा पर्दा पछाडीको भुमिकामा थिए ।

पहिलो गीत कसरी बजारमा ल्याएका देवेन्द्रको म्युजिक भिडियो ११ लाख २६ हजार भन्दा बढी दर्शकले रुचाए पछि उत्साहित भएका छन् ।

गीतमा मायालु जोडीको प्रेमिल समयलाई चटपटे तरिकामा प्रस्तुत गरिएको र यसलाई दर्शक श्रोताले रुचाउने अपेक्षा गरेको गायक सर्जक देवेन्द्र बब्लुले बताए । फरक स्वादको गीतमा आवाज शब्द र संगीत संयोजन बब्लुकै रहेको छ ।

सहोदर भाईको पहिलो गीत कसरी आउदा रहर मात्रै ठानेका प्रकाश सपुतले पछिल्लो गीतसँगै राम्रो सम्भावना देखिएको प्रतिक्रिया दिए । ‘कसरी आउदा चाहि रहर मात्रै होला भन्ने लागेको थियो । तपाईको भाईले पनि राम्रो गाउदो रैछनी भन्नेहरु थुप्रै भेटे’ सपुतले भने- ’ यो बिचमा उसले आफुले बनाएका केहि धुनहरु सुनायो र भन्यो, दाई अन्तत मेरो पनि मुख्य कर्म संगित नै हुन्छ जस्तो छ । मलाई यसमा आनन्द र आत्मविश्वास आईरहेको छ ।” अब उसको क्षमता, प्रयास र आत्मविश्वास लाई अगाडि बढाउने काम श्रोता दर्शककै भएको गायक सपुतको भनाई छ । यसमा आफ्नो शुभेच्छा र सहयोग सदैव रहने उनले आदर्श अनलाइनलाई बताए ।

बब्लु कै कन्सेप्ट रहेको भिडियो प्रविन भट्टले निर्देशन गरेका हुन् । भिडियोमा बब्लु र संगीता गैरे छन् । बिशाल घिमिरेको स्क्रिप्ट रहेको भिडियो अनिल के मानन्धरको छायांकन प्रविनको सम्पादन र ग्राफिक डिजाइन पवन सिम्खडाको रहेको छ। https://www.youtube.com/watch?v=2hOptuQkrE0

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *