भरुवा बन्दुक सहित बागलुङ काठेखोलाबाट चार पक्राउ

आदर्श अनलाइन, बागलुङ

बागलुङको बिहुँबाट भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् ।

काठेखोला गाउँपालिकाको वडा नम्बर ५ बिहुँ फुस्रेमाटामा चेकजाँच गर्ने क्रममा एक नाले भरुवा बन्दुक सहित सोही स्थानका ४९ बर्षिय तिलक बिक, ३५ बर्षिय रमेश घर्ति, १८ बर्षिय खगेन्द्र घर्ति र वडा नम्बर ६ बस्ने १८ बर्षिय जगत घर्ति पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट एक नाले भरुवा बन्दुक सहित बारुद, छर्रा समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले आदर्श अनलाइनलाई बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *