चुनावी सरगर्मी बढ्दै : बाम गठबन्धनको भल्कोटमा चुनावी सभा

आदर्श अनलाइन, निसी

जिल्लाको निसीखोला गाँउपालिका वडा नं।६ भलकोटमा साझा बाम उम्मेदवार खिम बिक्रम शाहीको चुनावी सभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चा नेता एवं गण्डकी प्रदेश मामिला सभापति माननिय कृष्ण थापाले बागलुङ जिल्लामा बामपंथी जनमत अत्यधिक हुदाँ हुदै पनि विगतमा बामपन्थी शक्ति बिभाजित भएकोले जनजिविका, बिकास र राष्ट्रिय स्वाधिनता कमजोर बन्दै गएको बताउनुभयो । उहाँले राष्ट्रियता, बिकास र समृद्धिका लागि बाम उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा बाम उम्मेदवार खिमविक्रम शाहीले जिल्लाको भौगोलिक बिकटताले भएकाले जनताले शिक्षा, स्वास्थ्य, खानेपानी, बिधुत जस्ता आधारभुत आवश्यकता पनि सहज रुपले प्राप्त गर्न नसकिरहेक अवस्था बिद्यमान रहेकाले जनताले निर्वाचित गरे यसका लागि ठोस उपलब्धि देखिने गरि पहल गर्ने बताउनुभयो । प्रदेशका गौरवका आयोजनाहरु उत्तरगंगा जलाशययुक्त विधुत आयोजना, सालझण्डी ढोरपाटन सडक निर्माण दिवंगत सांसद टेक बहादुर घर्तीको सपना भएकाले त्यो पुरा गर्न लाग्ने उल्लेख गर्दै ती सपना पूरा गर्न गिलास चिन्हमा मतदान गरी वामपन्थी उमेदवारलाई विजय गराउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नेता शेरमान घर्तीले निसी, भुजी र तमानखोलाका जनताहरुको मागलाइ उठान गर्न उम्मेदवारी दिए पनि त्यो मागलाई पार्टीले सम्बोधन गर्ने सहमति भएकाले उम्मेदवारी फिर्ता लिएको जनाउदै गिलास चिन्हमै मत हाल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेल, नेकपाका नेता प्रेम घर्ती, रुद्र प्रसाद पौडेल, केशर छन्त्याल, राष्ट्रिय जनमोर्चा निसीखोलाका अध्यक्ष थमन घर्ती ,सचिव मिलन हमाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम लिला बहादुर बुढा मगरको अध्यक्षता कुशल बुढाको सञ्चालन र सन्तोष बिकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

तिनै वटा पालिकाको विभिन्न वडाहरुमा निर्वाचन वडा परिचालन समितिको नेतृत्वमा घर दैलो तथा प्रचार प्रसार कार्य सञ्चालन भएको गठबन्धनको प्रचार समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *