बाम उम्मेदवार शाही थापागाउँमा घर दैलो गर्दै

आदर्श अनलाइन,
संयुक्त बाम गठबन्धनका उमेदवार खिमबिक्रम शाहीको चुनावी प्रचार प्रसार तथा घरदैलो अभियान निसीखोला गाऊपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाँउपालिकाको बिभिन्न वडामा तिव्र पारिएको छ ।

जसअन्तर्गत शनिवार विहान उम्मेदवार सहितको टोलीले वडा नं ४ थापा गाऊँ सहित आसपासका क्षेत्रहरूमा जनभेटघाट तथा घरदैलो अभियान सम्पन्न गरेको छ ।

भेटघाट टोलीमा साझा बाम उम्मेदवार खिमबिक्रम शाही, राष्ट्रिय जनमोर्चा बागलुङका सचिब भिमलाल पोखरेल, अखिल ९छैठौं० बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, युबक संघका जिल्ला अध्यक्ष जुनबिक्रम शाही, नेकपाका नेता सेरमान घर्ती लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
आजै झिवाखोलामा हुने बृहत चुनाबी सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य एबम प्रतिनिधि सभाका माननिय देबेन्द्र पौडेल राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुले संम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *