गलकोटमा पुस दोस्रो साता बृहत आँखा शिविर हुने

थम्मन थापा, बागलुङ
ग्रामिण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि बृहत आँखा शिविर गरिने भएको छ ।

आगामी पुस दोस्रो साता गलकोट नगरपालिका ७ मल्ममा बृहत आँखा शिविर सञ्चालन गरिने भएको हो ।

न्यू नवज्योति युवा कल्वको आयोजनामा हुन लागेको शिविरमा निशुल्क आँखा अप्रेशन, अत्यन्तै आवश्यकता अनुसार निशुल्क चश्मा वितरण गरिने न्यू नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ मल्मका महासचिव रुद्र केसीले जानकारी दिनुभयो ।

पुस १६ गते देखि १९ गते सम्म मल्म स्वास्थ्य चौकी आँगाखेतमा बृहत आँखा शिविर सञ्चालन गर्ने निर्णय गरिएको महासचिव केसीले बताउनु भयो । शिविरको लागि झण्डै रु ६ लाख लाग्ने अनुमान गरिएको कल्वका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभयो ।

ग्रामिण क्षेत्रका जनतालाई आफनै घर आगनीमा निशुल्क आँखा अप्रेशन, औषधी र चश्मा उपलब्ध गराउने गरि शिविर सञ्चालन गर्न लागिएको कल्वका कोषाध्यक्ष टेकनाथ गौतमले बताउनु भयो । बृहत आँखा शिविरको लागि अहिले आवश्यक गृहकार्य भईरहेको कोषाध्यक्ष गौतमको भनाई छ । आँखा शिविरलाई व्यवस्थित र आम जनतालाई सर्व सुलभ रुपमा सेवा प्रदान गरि राहत होस भन्ने उद्येश्यले शिविर सञ्चालन गर्न लागिएको कल्वले जनाएको छ । शिविरमा श्रीकृष्ण नेत्रालय रुपन्देही भैरहवाको प्राविधिक सहयोग रहने बताईएको छ । शिविरमा आँखा रोग विशेषज्ञ डक्टर शल्मा केसी सहित झण्डै आधा दर्जन डक्टरहरु र उपकरणहरुको व्यवस्था गरिने छ ।

शिविरमा उपस्थित भई आफनो आँखा चेक जाँच गरि स्वास्थ्य लाभ लिन कल्वले सम्बन्धित सबैमा अपिल समेत गरेको छ । कल्वले गएको वार्षिकोत्सवमा बृहत आँखा शिविर सञ्चालन गर्ने उद्येश्य राखेर आर्थिक संकलन अभियान गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *