धौलागिरीका चार उत्कृष्ट करदाता सम्मानित

आदर्श अनलाइन, बागलुङ

कर दिवस, धौलागिरीमा सप्ताहव्यापी कार्यक्रमका साथ मनाइएको छ ।

आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजनामा गत मंसिर १ गतेदेखि मनाउन थालिएको कर दिवसका अवसरमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा बिभिन्न सचेतनामूलक कार्यक्रम गरिएको थियो

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन धौलागिरीका उत्कृष्ट करदातालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्था, पर्वतको जनसेवा लघु वित्त संस्था, म्याग्दीको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्था र मुस्ताङको अमिट बिल्र्डस रहेका छन् ।

उत्कृष्ट करदातालाई पोखरा उच्च अदालतका न्यायधिश मोहनबहादुर कार्कीले सम्मान प्रदान गर्नुभएको थियो । समापन समारोहमा बोल्दै न्यायधिश कार्कीले विकसित देशको उत्कृष्ट करदाता सम्मानको संस्कार नेपालमा पनि थालिनु सुखद बिषय भएको बताउनुभयो । उहाँले पुरस्कारले नागरिकलाई कर तिर्नमा थप प्रोत्साहित गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालतका न्यायधिश बासुदेव न्यौपाने, नेपाल उद्योग बाणिज्य सघंका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ बासु, जनसेवा लघु वित्त पर्वतका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रम प्रमुख कर अधिकृत हेमराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *