म्याग्दीमा मदिरा खानेलाई दुई, बिक्रेतालाई पाँच हजार जरिवाना

आदर्श अनलाइन, म्याग्दी

जिल्लाको मालिका गाउँपालिकाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई जरिवाना तिराउन थालेको छ ।

सामाजिक विकृति, घरेलु हिंसा र अपराध न्युनीकरणका लागि मदिरा सेवन र बिक्री वितरणमा कडाई गरेको हो । मदिरा नियन्त्रणका लागि कानुननै बनाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो।

पालिकाले बनाएको सामाजिक हिंसा र विकृति विरुद्धको ऐनअन्तर्गत १० वटा विषयलाई जोड गरेको छ । बिहान ५ देखि साँझ ५ बजेसम्म मदिरा सेवन गर्नेलाई दुई हजार र बेच्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तिराउने नियम बनाएको छ ।

साँझ ५ देखि बिहान ५ बजेको बीचमा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई दुई हजार पाँच सय रुपैयाँ जरिवाना तोकिएको उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो। ुसामाजिक विकृति, हिंसा र अपराधको मुख्य कारण मदिरा हो,ु उहाँले भन्नुभयो, ुप्रमुख सामाजिक समस्या समाधानका लागि अभियान चलाएका छौं।ु

पालिका स्तरमा अध्यक्षको संयोजकत्वमा २१ सदस्यीय र वडाका अध्यक्षको संयोजकत्वमा वडास्तरमा समिति गठन गरिएको छ । जनप्रतिनिधि, राजनीतिकर्मी, शिक्षक, आमा समूह र युवा क्लबका प्रतिनिधि अभियानको सदस्य भएका छन् ।

ुपालिकाले तोकेको समयभन्दा अन्य समयमा मदिरा सेवन, बिक्री र होहल्ला गरेको सूचना अभियानका सदस्यमार्फत प्रहरीलाई पुर्‍याउने संयन्त्र बनाएका छौं, ुअध्यक्ष रोकाले भन्नुभयो, ुप्रहरीले नियन्त्रणमा लिएर परामर्श गर्छन्। पालिकालाई जरिवाना तिरेपछि कायलनामा गराएर छोडिन्छ।ु

गाउँपालिकाको केन्द्र समेत रहेको ६ दरवाङ बजारमा एकजनालाई दुई हजार रुपैयाँ जरिवाना समेत गरिएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो। सो वडामा मदिरा नियन्त्रणका लागि अध्यक्ष सुवेदीको संयोजकत्वमा २९ सदस्यीय समिति गठन भएको छ।

मालिका गाउँपालिकामा ७ वटा वडा छन् । वडा न। ७ बिममा केही वर्षअघिदेखिनै मदिराको प्रयोगलाई नियन्त्रण गरिँदै आएको छ । मदिरा आयात, उत्पादन र सेवनमा रोक लगाइएको छ । मगर समुदायको धार्मिक संस्कारमा रक्सीको विकल्पमा फलफूल चढाउने चलन बनाइएको छ ।

वडास्तरका अगुवालाई भेला गरेर अभियानको बारेमा जानकारी गराइएको छ । उनीहरुले मदिरालाई कडाईका साथै जुवातास खेल्ने खेलाउने कार्य बन्द गराउने, १८ वर्ष मुनिका बालबालिकालाई सूर्तिजन्य पदार्थ नबेच्ने, बालविवाह न्युनीकरण गर्नेलगायत दश बुँदे प्रतिवद्धता र घोषणापत्र जारी गरेका छन् ।

कुटपिट, घरेलु हिंसा, बहुविवाह, बलात्कार, सवारी दुर्घटना, विवाद, झैंझगडाको मुख्य कारण मदिरा देखिएको छ । गत भदौमा मदिरा सेवन गरेका युवाको समूहले कुटपिट गर्दा मालिका २ खवाङका एक व्यक्तिको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *