उपनिर्वाचन:आज रातिदेखि मौन अवधि,उम्मेदवार अन्तिम कसरतमा

आदर्श अनलाइन

जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दल र उम्मेदवार अन्तिम कसरतमा छन् ।

आज बुधबार रातिदेखि मौन अवधि सुरु हुनेछ। मौन अवधिका समय शुरु भए पछि चुनावी प्रचार प्रसार र औपचारिक कार्यक्रम बन्द हुनेछन् ।

सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्।

कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हँुदै छ।

उपनिर्वाचनलाई दुई तिहाइको नेकपा सरकारले जनभावना बुभ्mन र विपक्षी कांग्रेसले जनता मन फर्केको वा नफर्केको बुझ्न खोजेको छ। वडाअध्यक्ष तहसम्मको चुनावलाई प्रभाव पार्न प्रमुख दलका वरिष्ठ नेताहरु नै खटिएका छन्।

निर्वाचन आयोगका अनुसार स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदै छ ।

उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन्। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन्। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले उपनिर्वाचनमा मतदान गर्न पाउनेछन्। आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।

आयोग प्रवक्ता नरेन्द्र दाहाल स्थानीय तहमा राजनीतिक दलका नेतासमेत राखेर आचारसंहिता अनुगमन समिति बनाइएकाले पनि आचारसंहिता उल्लंघनका घटनामा कमी आएको बताउँछन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *