म्याग्दी दुर्घटना: हेलिकप्टरबाट पोखरा लगिएका थजालीको निधन

आदर्श अनलाइन, म्याग्दी

जिल्ला सदरमुकाम बेनी नजिकै मंगलबार भयानक सवारी दुर्घटना भएको छ ।

दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ ।
बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६ पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

गम्भिर घाइते भएका सन्तोष थजाली र २५ बर्षिय अमर पाईजालाई थप उपचारको लागि सिम्रीक एयरको हेलिकप्टर मार्फत मंगलबार बेलुका पोखरा लगिएको थियो । २५ बर्षिय पाईजाको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाइते भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *