अमेरिकाबाट सुन्दरले बोलाएको ‘सईले’ नसुने पछि…

आदर्श अनलाइन,बागलुङ

रोजगारीका लागि अमेरिका पुगेका बागलुङका सुन्दर हमालको लय तथा शब्द रहेको नेपाली लोक दोहोरी गीत हालै बजारमा आएको छ ।

बागलुङकै लोकप्रिय गायिका जुना श्रीस र अमृत रामदामको स्वर रहेको सुनेनौ र सइले,
सुसेलेरै बोलाको मोयालाई आँफ्नै भनि मैले गीत बजारमा आएको हो ।

हमाल म्यूजिक प्रालिले बजारमा ल्याएको यस गीत माया पिरतिमा आधारित छ । पछिल्लो पुस्ताको भावनालाई प्रतिबिम्बित गर्ने गरि गीत सिर्जना गरिएको सर्जक सुन्दर हमालले आदर्श अनलाइनलाई बताए । यो गीतको आवाजदेखि म्युजिक भिडियोमा मौलिकता दिने प्रयास गरिएकाले श्रोता दर्शकको मन जित्ने अपेक्षा गरिएको गायक अमृत रामदामले बताए ।

चर्चित लोकगायक रामजी खाँड र चर्चित मोडेल रक्षा श्रेष्ठले म्यूजिक भिडियोमा अभिनय गरेका छन् । देवेन्द्र पौडेलको निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन अच्यूत बजगाईले गरेका छन् । https://www.youtube.com/watch?v=n0aUuOxjXz0&feature=share&fbclid=IwAR25E6FxTjAwNJ_tMEjLvzCO9rjyxF_GBfmg7JE22l8vVdbn7cGnHJv0Ytc

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *