आदर्श सञ्चारद्धारा समवेदना सहित राजभण्डारी परिवारलाई राहत प्रदान

आदर्श अनलाइन,बागलुङ

आदर्श सञ्चार सहकारी संस्था बागलुङले आफ्ना शेयर सदस्यको आफन्तको निधन प्रति दुख व्यक्त गर्दै शुक्रवार श्रद्धाञ्जली सभाको आयोजना गरी राहत हस्तान्तरण गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी संस्थाका शेयर सदस्य दुर्वलकाजी राजभण्डारीकी आमा, शेयर सदस्य प्रतिमा राजभण्डारीकी सासुआमा तथा शेयर सदस्य दिप राजभण्डारीकी हजुरआमा पदम कुमारी राजभण्डारीको ८१ वर्षको उमेरमा भएको निधन प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।

सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी, सचिव ललिता थापा, सञ्चालकहरु गीता खड्का र अम्बिका जिसीले मृतककी छोरी निर्मला श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी संस्थाका तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग समेत गरेको छ । संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्ने संस्थाको नीति अनुसार राजभण्डारीका परिवारलाई राहत दुई जना शेयर सदस्यका तर्फबाट १० हजार रुपैया रकम प्रदान गरेको हो ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आएको छ ।

सूचना तथा सञ्चारसंगै यस क्षेत्रको सहकारी अभियानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थामा हाल १५ सय जना शेयर सदस्य, ३ करोड ३० लाख शेयर रकम, १९ करोड बचत, २१ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *