चुनावी अपडेटः बागलुङ-२ मा कांग्रेसको अग्रता कायमै

आदर्श अनलाइन, बागलुङ

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणनामा कांग्रेसको शुरुवाति अग्रता कायमै छ ।

आज मध्यान्हदेखि शुरु भएको मतगणनाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

पछिल्लो मत परिणाम अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ, निसीखोला गाउँपालिका १ देविस्थान र तमानखोला गाउँपालिका १ बोंगादोभानको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले १६ सय २७ मत प्राप्त गरेका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले १५ सय ४६ मत प्राप्त गरेका छन् ।

समाजवादी पार्टीका अशोक बिकले ८२, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा १५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ७, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ८ मत प्राप्त गरेका छन् । ५७ मत बदर भएको छ । वडागत रुपमा तिनै स्थानीय तहको पालैपालो गणना गरिएको छ ।
कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ ।

अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आज राति अबेर सम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *