धम्जाका क्यान्सर पीडित खत्रीलाई लेखानी समाज जापानको सहयोग

आदर्श अनलाइन,बागलुङ

आन्द्राको क्यान्सरबाट पीडित जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका ४२ बर्षिय गणेश खत्रीको उपचारका लागि लेखानी समाज जापानले सहयोग गरेको छ ।

लेखानी समाज जापानका कोषाध्यक्ष खगराज कंडेलले सोमवार समाजका तर्फबाट १७ हजार रुपैयाँ खत्रीको उपचारमा सहयोग अभियानको संयोजन गरिरहनु भएका नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभयो । समाजले सोमवारनै ताराखोला गाउँपालिकाका मृगौला रोगबाट पीडित एलिजा दर्जीलाई पनि २६ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

छिमेकी गाउँका खत्री आन्द्राको क्यान्सर, कार्सिनोमा रोगबाट ग्रसित भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराई रहेको खबर पछि उपचारमा थोरै भए पनि राहत पुगोस् भन्ने अभिप्रायले सहयोग प्रदान गरिएको समाजका कोषाध्यक्ष खगराज कंडेलले जानकारी दिनभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेश कंडेलले लेखानीबाट जापानमा गएकाहरुले आँफ्नो गाउँ र जिल्लामा परोपकारी भावनाले गरेको सहयोग सह्रानिय भएको बताउनुभयो ।

खत्रीको परिवारिक अवस्था कमजोर रहेको र उपचारमा आर्थिक अभावकै कारण समस्या हुने भए पनि स्थानीय समेत रहेका पत्रकार महासंघका अध्यक्ष शिरीष सहित काठेखोला ३ का वडा सदस्य खुम भण्डारी लगायतको पहलमा स्वतस्फुर्त सहयोग अभियान सञ्चालन गरिएको थियो । जस अन्र्तगत पहिलो चरणमा संकलित चार लाख रुपैयाँ खत्री परिवारलाई घरमै पुगेर हस्तान्तरण गरिसकिएको महासंघका अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो ।

भारतको सिलाङमा लामो समयदेखि कार्यरत खत्री बिरामी भए पछि उपचारमा साढे ३ लाख बढी रकम खर्च भइसकेको छ । अझै ठुलो रकम लाग्ने अस्पतालले बताएको छ । श्रीमति सावित्रा सहित १६ बर्षिया छोरी एलिसा र १३ बर्षिय छोरा नारायण छन् । उनको परिवारले उपचारका लागि देश बिदेशमा रहेका सबै नेपालीलाई सहयोगका लागि अपिल गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *