चर्चित अभिनेत्री ऋचा शर्मा विवाह बन्धनमा बाँधिए

आदर्श अनलाइन, काठमाण्डौं

चर्चित अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

अभिनेत्री शर्मा दिपेक्ष विक्रम राणासँग शनिवार बिहान वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

दिपेक्ष क्यूएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लबिम मलका जनरल म्यानेजर हुन् । दुई वर्ष यता ऋचा र दिपेक्ष प्रेम सम्बन्धमा थिए ।

ऋचाले केही समय अघि पोखरामा व्याचलर्स पार्टी आयोजना गरेर आँफ्नो विवाह हुन लागेको जानकारी दिएकी थिइन् ।

ऋचा अब्बल अभिनय क्षमता भएकी कलाकार हुन् । उनी जारी नेपालको मौलिक पहिलो ‘कमेडी म्यापियन’ शो की निर्णायक पनि हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *