भ्वाइस अफ नेपाल सिजन-२ को उपाधि राम लिम्बुले चुमे

आदर्श अनलाइन, काठमाण्डौ

नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन २ को उपाधि राम लिम्बुले जितेका छन् ।

शनिबार राति राजधानीको चुच्चेपाटी स्थित ह्यात ग्राउण्डमा भएको ग्राण्ड फिनालेमा उनी द भ्वाइस अफ नेपालको सिजन २ को विजेता बनेका हुन् ।
कोच प्रमोदको टिममा रहेका उनी सर्वाधिक भोट पाएको आधारमा विजेता बनेका हुन् ।

लिम्बुले जित पछि फेसबुक मार्फत सबैलाई धन्यवाद दिएका छन् । उनी लेख्छन् ‘यो जीत मेरो मात्रै होइन, तपाईंहरुको पनि हो, मलाई यहाँसम्म भोट गरे प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्नुहुने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दुछु ।’

उनिसंगै टिम राजु बाट सनिश श्रेष्ठ, टिम आस्था बाट आरिफ राउफ र टिम दिप बाट विकास लिम्बू फाइनलमा पुगेका थिए । यो रियालिटी शो हिमालयन टीभी एचडीबाट प्रसारण हुदै आएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *