सहायक श्रीमान्: पाँच पति, एक पत्नी !

आदर्श अनलाइन, काठमाण्डौं

हुम्लाको एउटा गाउँमा प्रायः घरमा दुईदेखि चार, पाँच जना श्रीमान छन्। उनीहरू सबैको एउटै साझा श्रीमती छन्। ती एक मात्र श्रीमतीले आफ्नै सबै संयुक्त श्रीमानलाई खुसी राख्नुपर्छ।

ती श्रीमानई सम्बन्धका लागि पनि श्रीमतीले रोलक्रम तोक्ने गरेकी छन्। संयुक्त श्रीमतीले तोकेको रोजक्रमप्रति श्रीमान् सहमत छन्। चार श्रीमानको एक मात्र श्रीमती छिन्। गाउँमा हरेक परिवारको दाजुभाइले एउटै साझा श्रीमती विवाह गरेका छन्।

तापनि सबै दाजुभाइ एउटै श्रीमतीबाट खुसी छन्। नयाँ पुस्ताका भाइले दाइकै श्रीमतीलाई आफूले श्रीमती मान्नुपर्दा केही असन्तुष्टि जनाए पनि परम्परा बचाउनुपर्ने बाध्यता र दाइहरूको दबाबका कारण उनीहरूले अर्को महिलासँग विवाह गर्न सकेका छैनन्। जसका कारण सबै दाजुभाइले एउटै श्रीमतीलाई साझा श्रीमती बनाउनुपरेको छ।

बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान्’को यथार्थ कथा हो यो। पत्रकार एवं निर्देशक गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र सहायक श्रीमान कथा निकै रोचकसँगै पीडादायी पनि छ।

यसअघि निकै चर्चामा रहेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरू’ पछि निर्देशक पाण्डेले अर्को नयाँ वृत्तचित्र ‘सहायक श्रीमान्’ ९को–हजबेन्ड० यतिबेला निर्माण गरेका छन्। संयुक्त पत्नीलाई केहीले समर्थन गरेका छन् भने केहीले विरोध गरेर अर्को विवाह गरेको प्रसंग पनि निर्देशकले यो वृत्तचित्रमा समेटेका छन्।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।

हुम्लाको लामा समुदायमा विद्यमान बहुपति प्रथालाई निर्देशक पाण्डेले वृत्तचित्रका रूपमा सहायक श्रीमान् निर्माण गरेका हुन् । यो वृत्तचित्र ३५ मिनेटको छ । काठमाडौंकोमा बुधबारबाट सुरु भएको १७औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा वृत्तचित्र सहायक श्रीमान् चयन भएको छ।

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी यो महोत्सवमा निर्देशक पाण्डेको वृत्तचित्रलाई शुक्रबार दिउँसो १ बजे प्रदर्शन गरिँदै छ। महोत्सवमा यो वृत्तचित्र प्रतिस्पर्धामूलक समूहमा छानिएको हो।

कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ, ‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। उनीहरू माया र काम मात्रै बाँड्दैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन्।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *