नेकपाले बागलुङ नगरका सबै वार्डमा प्रशिक्षण दिने

आदर्श अनलाइन, बागलुङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले नगरका सबै वार्डमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परियारको अध्यक्षतामा शनिवार बसेको दोस्रो बैठकले नगरपालिका भित्रका १४ वटै वार्डहरुमा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

बैठकले प्रशिक्षणका साथै सबै वार्डहरुमा पार्टी टोल कमिटी निर्माण गर्ने,नगर सचिवालय गठन लगायतको निर्णय गरेको नगर अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभयो ।

बैठकका अवसरमा बोल्दै नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले पार्टी ठुलो भएर मात्र नहुने भन्दै पार्टीलाई चुस्त र कामयावी बनाउनका लागि बैचारिक बहस र प्रशिक्षण आवश्यक रहेको बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *