पिसजोनका विद्यार्थीले गरे कृषि बागवानीको अवलोकन भ्रमण

आदर्श अनलाईन, पोखरा
पोखरा ८ सिमलौचरका विद्यार्थीहरुलाई समाजिक सप्ताह अन्तर्गत पोखराको कृषि अनुसन्धान केन्द्र बागवानीको अवलोकन भ्रमण गरेका छन् ।

कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिनुभयो । विद्यार्थीलाई कृषि खेती, बिउ उत्पादन, समय, मौसम, प्रविधी र तयारीका तरिकाबारे बागवानीका अधिकृत दुर्गादत्त पौडेलले जानकारी गराउँनुभएको थियो ।

विद्यार्थीहरुले बागबानी कार्यालय हाताभित्र लगाइएका बाली विरुवा, खेती, बोटविरुवाहरुको अध्ययन अवलोकन भ्रमणका साथमा जिज्ञासा राखेका थिए । सैद्धान्तिक ज्ञानमात्र नभई व्यवहारिक शिक्षा दिने उद्देश्यले गराइएको भ्रमणमा विद्यार्थीले प्रत्यक्ष अवलोकन मार्फत ज्ञान लिएको शर्माले जानकारी दिनुभयो ।

भ्रमणमा आएका कक्षा १० का छात्र राज रोकाले भ्रमण उपलब्धिमूलक भएका बताउँनुभयो । उहाँले पहिलो पटक बागबानी आएको भएपनि कृषिमा भविश्य रहेछ भन्ने जानेर उत्साह थपिएको बताउँनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *