बुर्तिबाङमा शिविर: तीन सयको परिक्षण,पक्षघातका बिरामी बढी

सुमन सुनार,बुर्तिबाङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङमा शनिबारदेखी सञ्चालित दुइ दिने निशुल्क शारीरिक अपाङ्गता शिविर आइतवार सकिएको छ ।

फेयरमेड फाउण्डेशनको सहयोग एवम् बिवाईसी बागलुङद्धारा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजना, ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिको समन्वयमा आयोजित शिविरमा ३ सय १९ जनाले सेवा लिएका छन् । शिविरमा सबै भन्दा धेरै ३४ जना पक्षघातका बिरामी फेला परेको छ । अन्तराष्ट्रिय रेडक्रस र आईएनएफ पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा पहिलो दिन १ सय ८६ र दोस्रो दिन १ सय ३४ जनाले सेवा लिएका थिए । १ सय २ वर्षको ज्येष्ठ नागरिकदेखि एक वर्षको नवजात शिशुले समेत सेवा लिएको फेयरमेडका प्रोजेक्ट म्यानेजर गणेश बरुवालले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । बरुवालका अनुसार, हात, खुट्टा नभएको, लुलो भएको, नचल्ने, राम्रोसंग काम नगर्ने, मेरुदण्ड भाँचिएको जस्ता बिरामीहरुको अपाङ्गता परिक्षण गरिएको छ ।

शिविरमा सर्जन डाक्टर फिजियोथेरापिष्ट र अपाङ्ग सामाग्री विज्ञहरुद्धारा अपांगता परिक्षण गरिएको थियो । सहभागीको अपाङ्गता परिक्षण पछि १ सय ७३ जनालाई बैशाखी, लठ्ठी, अपांगमैत्री जुत्ता, कृतिम हात खुट्टामा जोड्ने सामाग्री, लगायतका सहयोगी सामाग्रीहरु वितरण गरिएको थियो ।
शिविरमा फेला परेका सर्जरी गर्नुपर्र्ने, कृतिम खुट्टाहरु राख्नुपर्ने, थप सहयोगी सामाग्री प्रयोग गर्नुपर्ने बिरामीलाई, आई.एन.एफ. (जिपिएच) हस्पीटल पोखरा रिफर गरिएको छ । रिफर गरिएकाहरु मध्य आर्थिक अवस्था कमजोर भएका, १८ वर्ष मुनी, एकल महिला, द्धन्द पिडित, भुकम्प पिडित बेसहारालाई, आईएनएफ, फेयरमेड, बिवाईसी, आईसीआरसीले सहयोग लगायतका सहयोगी संस्थाद्धारा उपचार तथा सामाग्री व्यवस्थापनमा सहयोग हुने प्रोजेक्ट म्यानेजर बरुवालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *