बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा

आदर्श अनलाइन, बागलुङ

यही पुस ११ देखि २० सम्म हुन लागेको छैटौँ बागलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक बागलुङ उद्योग बाणिज्य संघले महोत्सव स्थल धौलागिरी क्याम्पस प्राङ्गणमै सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

महोत्सवको मिति नजिकिदै गर्दा आर्थिक, प्रचार प्रसार, स्टल, बजार सजावट लगायतका कार्यलाई तिब्रता दिइएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । बागलुङको कला, संस्कृतिको सम्र्वद्धन, पर्यटन र व्यापार व्यवसायको प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।

महोत्सवमा बागलुङका १० वटै स्थानीय तहमा उत्पादन भएका कृषि लगायतका उत्पादन, बिभिन्न जातजाति र समुदायको झाँकी, किसानहरुद्धारा आँफुले तयार गरेका कृषि सामग्री सहित कृषि यन्त्र उपकरण समेतको झाँकी प्रर्दशनी आकर्षणको रुपमा रहनेछ । ७० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा राष्ट्रिय कलाकार प्रमोद खरेल, बसन्त थापा, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपुत लगायतको दैनिक साँगितिक प्रस्तुती, दोहोरीगीत, खुल्ला भलिबल प्रतियोगिता, परम्परागत तारा खेल, प्याराग्लाइडिङ र हेलिकप्टर मार्फत बागलुङका पर्यटकीय क्षेत्रको दृश्यावलोकन मुख्य आकर्षणको रुपमा रहनेछ ।

बागलुङ महोत्सवमा अंग्रेजी नयाँ वर्ष सन्् २०२० र पर्यटन बर्ष आरम्भको समेत बिशेष स्वागत गर्ने तयारी रहेको संघका महासचिव नरेश कंडेलले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न र पर्यटन वर्षलाई समेत महोत्सवले सघाउने आयोजकले अपेक्षा गरेको छ । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि काठमाण्डौ पोखरा पुग्ने धौलागिरीका युवाहरुलाई समेत बागलुङमै मनाउन प्रेरित गर्ने प्रयास आयोजकले गरेको महासचिव कंडेलको भनाई छ ।

बिगतमा प्रवेश पासको व्यापक दुरुपयोग हुने गरेको गुनासो आइरहेकाले अहिले पासलाई व्यवस्थित गर्ने प्रयास भइरहेको सघंले जनाएको छ । महोत्सवमा करिब रु.१ करोड ५१ लाख आम्दानी र १ करोड २१ लाख खर्च हुने अनुमान गरिएको छ । पत्रकार भेटघाटमा संघका बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा ‘बाबु’को धन्यवाद मन्तव्य र प्रचार समितिका संयोजक राजेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *