छोरा स्कुल छोड्न जाँदा पर्वतका युवाको काठमाण्डौंमा मृत्यु

आदर्श अनलाइन, पर्वत

छोरालाई मोटरसाइकल पछाडी राखेर स्कुल पुर्याउन जाँदै गरेका पर्वतका एक युवाको सवारीको ठक्करबाट ज्यान गएको छ ।

काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा बसले एक छात्राको ज्यान लिएको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको हो ।

पर्वतको कुश्मा नगरपालिका वडा नं- १२ ठुलीपोखरी स्थित कोल्पाटाका स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुनकुमार केसीको मंगलबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गाउँमा रोहित नामले परिचित हुनुहुन्छ । उहाँको परिवार लामो समयदेखि काठमाण्डौमा बस्दै आएको थियो । केसीका श्रीमती एक छोरा र एक छोरी तथा गाउँमा बाबुआमा छन् । उनको मृत्युको खबरपछि गाउँ शोकमग्न बनेको छ ।

मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताउनुभयो ।

स्थानिय र मृतकका केही आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाए सम्म शव उठाउने र गल्ती गर्ने चालकलाई कारबाहीको माग गरेका छन् । घटनास्थलमा तनाव भएपछि अवस्थामा नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त, कालीमाटीका डीएसपी रुगम कुँवरको नेतृत्वको अर्को प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *