बिवाईसी बागलुङको अध्यक्षमा शर्मा, ११ सदस्यीय कार्यसमिति सर्वसम्मत

आदर्श अनलाइन, बागलुङ

जिल्लामा स्थापित गैरसरकारी संस्था मध्येको अग्रणी र स्थापित भिमापोखरा युवा क्लव (बिवाईसी) बागलुङको अध्यक्षमा मणिभद्र शर्मा सर्वसम्मत चयन हुनु भएको छ ।

बुधबार राति बागलुङ बजारमा सम्पन्न क्लवको २८ औं साधारणसभाले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका शर्माले अबका चार बर्ष पुनः अध्यक्षको भुमिकामा संस्थाको नेतृत्व गर्ने अवसर प्राप्पत गर्नुभएको छ ।

साधारणसभाले संस्थाको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा दिपक गौतम, सह–सचिवमा बिष्णु बि।क, कोषध्यक्षमा गंगाकुमारी शर्मा र सदस्यहरुमा पार्वती परियार, कमला थापा, शान्ती कुमारी ज्ञवाली, सुरेश थापा, गंगाबहादुर हमाल र खिमबहादुर कार्कीलाई चयन गरको छ ।

नव निर्वाचित अध्यक्ष शर्माले आदर्श अनलाइनसँग कुरा गर्दै नयाँ संघीय अभ्यासमा गैरसरकारी संस्थाहरुलाई ठुलो चुनौति खडा भइरहे पनि यसलाई अवसरमा बदल्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *