झुपडीका बिरही र श्रीस कालिकामा बर माग्दै (भिडियो सहित)

आदर्श अनलाइन, बागलुङ

कलाकार दुर्गा बिरही र गीता श्रीस मगरको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ ।

बागलुङ कालिकालाई मागौला नि बर बोलको गीतको म्युजिक भिडियो धौलागिरीमै छायांकन गरिएको छ । उक्त गीतको भिडियो बुधवार आत्मबिश्वस फिल्मस्को युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडेल तथा कार्यक्रम सञ्चालिका शोभा त्रिपाठी, मोडेल निर्मल क्षत्रीका साथै कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का, बाल कलाकार श्रद्धा क्षत्री र अनमोल बिकको समेत अभिनय छ । साथ हाँस्य कलाकार दिलिप प्रतेल र सन्तोष मगरातिको कमेडी पनि हेर्न सकिनेछ ।

आत्म बिस्वास फिल्मस् प्रालिको प्रस्तुतिमा तयार गीतमा दुर्गा बिरही र गीता श्रीसको आवाज रहेको छ भने शब्द, लय दुवै दुर्गा बिरहीको आफ्नै छ। चर्चित एरेन्जर आशिष अविरलले एरेन्ज गर्नु भएको हो एचएनबि किस्मतको मिश्रण हो । गीतको म्युजिक भिडियो धौलागिरीमा छायांकन गरिएको र धेरै मेहनत पूर्वक गरिएकाले श्रोता दर्शकको मन जित्ने बिश्वास रहेको कलाकार दुर्गा बिरहीले आदर्श अनलाइनलाई बताए । म्युजिक भिडियो यो लिंकबाट हेर्न सक्नुहुनेछ । https://www.youtube.com/watch?v=U2AKOhjNEkg

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *