आदर्श अनलाइन,दोहा
गण्डकी प्रदेश समन्वय परिषद कतारले आफ्नो तेस्रो बार्षिकोत्सव एक कार्यक्रममको आयोजना गरि मनाएको छ।
कतारको दोहामा शुक्रबार समन्वय परिषदले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघका सल्लाहकार टिबि कार्कीले एनआरएनएको वर्तमान कार्यसमितिले गल्फ क्षेत्रलाई पनि प्राथमिकता दिएको बताउनुभयो । उहाँले बर्तमान कार्यसमितीले पहिलो बैठकले १० करोडको श्रमिक कल्याण कारी कोष घोषणा गरेको र अहिले ४ करोड बढी संकलन भएको बताउनुभयो ।
साथै गण्डकी प्रदेश पर्यटनको लागी प्रमुख गन्तव्य रहेको भन्दै पर्यटकिय क्षेत्रको प्रवर्द्धन एवं थप प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एनआरएनए मानार्थ परिषद सदस्य बिमल सुवेदी,एन आर एन ए आसिसी सदस्य होमनाथ शर्मा,एन आर एन ए एनसीसी कतारका महिला उपाध्यक्ष सरिता भण्डारी, गण्डकी प्रदेश समन्वय परिषद कतारका प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, समग्र प्रदेश बाट प्रदेश नम्बर ३ समन्वय परिषद कतारका अध्यक्ष समीर खत्री, जिल्ला संस्था बाट बागलुङ सेवा समाजका अध्यक्ष सागर पौडेल र बिधान मसौदा उप(समितीका सदस्य छबिलाल भट्टराईले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकालले आफनो ब्यस्तताको बिच पनि कार्यक्रममा सहभागिताको लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले कार्यक्रमलाई खादा, ब्याच र भासणमा मात्रै केन्द्रित नगरी नयाँ शैलीले शुरु गर्ने कोसिस गरेको भन्दै यसको लागि सबैले सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष प्रेम बिश्वकर्माले स्वागत र उपाध्यक्ष विकास भुजेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको संचालन महासचिव रामजी खत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतार अन्तरगतका म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोर्खा र नवलपुर जिल्लाका व्यक्तित्वहरुको सहभागिता थियो ।