युनियन बहुउद्देश्यीय सहकारीको बाह्रौ साधारणसभा सम्पन्न

आदर्श अनलाइन,बागलुङ

युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिडेट बागलुङको १२ औँ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले देश विकास र समृद्धिको दिशामा अघि बढाउन सहकारीको भुमिका र दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकाशं सहकारीहरु ऋण बचतको कारोबारमा सिमित भइरहेको प्रति संकेत गर्दै संस्थागत क्षमता अनुसार उद्धेश्य केन्द्रित भएर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, सहकारीका सल्लाहकार लक्ष्मण शर्मा, नवरत्न सहकारीका अध्यक्ष हेमबहादुर खत्री, जिल्ला सहकारी संघकी कोषाध्यक्ष अञ्जु जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रम युनियन बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मेघनाथ शर्मा गैरेको अध्यक्षता, पदपूर्ति समितिका सदस्य गोकुलप्रसाद कँडेलको स्वागत मन्तव्य र सचिव अगमकुमार पालिखेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *