खर्वाङमा दुई दिने सहकारी शिक्षा र सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न

कमल पौडेल, बडिगाड

राष्ट्रिय सहकारी वैंकका संचालक राम बहादुर जिसिले सहकारीका साधारण सभा सहकारीको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

खर्वाङमा भएको सहकारी शिक्षा र सम्पत्ति शुद्धिकरण सम्बन्धि अभिमुखिकरण तालिमको समापनका अवसरमा जिसीले अहिले पनि साधारण सभाहरु खास सदस्य केन्द्रित बन्न नसकेको टिप्पणी गर्दै सहकारीमा अधिवेशन शव्द प्रयोग गर्न नहुने बताउनुभयो । सहकारीका सञ्चालक र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरु थप जिम्मेवार वन्नुपर्ने भन्दै भोलीको सवै प्रकारको दायित्व लिन तयार हुनुपर्ने बताउनु भएको छ।

कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण सुवेदीले सहकारीले रामराज्यको परिकल्पना गरेको भन्दै सहकारी सदस्यको व्यावहार परिवर्तन हुनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष तथा वडिगाड गाउँपालिकाका आर्थिक समिति संयोजक वोम बहादुर थापाले सहकारीहरु उत्पादनमा जोडिनुपर्ने बताउनु भयो ।
वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचनले सहकारीहरुलाई वित्तिय साक्षरता तालिम अनिवार्य भएको बताउनु भएको थियो । कार्यक्रममा लालि गुराँस वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वर थापा, दिदिवहिनि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु अर्याल लगाएतले बोल्नुभएको थियो।

कार्यक्रम नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता तथा सचिव दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । साविक दगातुन्डाडामा क्रियाशिल पाँच वटा सहकारी नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था, लालीगुरास वचत तथा ऋण सहकारी संस्था, गिरौंदिखोला लघुजलविद्युत सहकारी संस्था, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्था तथा मिलन व्यावसायीक कृषि सहकारी संस्थाको आयोजना भएको तालिममा तिनै संस्थाका सञ्चालक, तथा विभिन्न उपसमितिका पदाधिकारीको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *