नवलपरासी सेवा समाज कतारको अध्यक्षमा लौडारी

आदर्श अनलाईन, दोहा, कतार
नवलपरासी सेवा समाज कतारको प्रथम साधारणसभा तथा अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । कतारको सहानिया स्थित अलदोसरी पार्कमा शुक्रबार तदर्थ समितिका संयोजक सजन लौडारीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

समितिको प्रथम उपाध्यक्ष अमित बराली, द्वितीय उपाध्यक्षमा कृष्ण पन्थी, महासचिवमा दुर्गा हमाल, सचिवमा सुरज कुंवर, कोषाध्यक्षमा गिरिराज पाठक, सह-कोषाध्यक्षमा नर बहादुर थापा रहनुभएको छ । कार्यसमिती सदस्यहरुमा बासुदेव पान्डे, बिश्नु बहादुर शाही, रमेश पूरी, जित बहादुर गुरुङ्ग, रामजी सुबेदी, बिश्नु अधिकारी, सद्धाम हुसेन, जिता कुमारी गुरुङ्ग र सन्ध्या अर्याल रहनुभएको छ । बाकी ५ जना कार्यसमिती सदस्य समावेशी तरिकाले पछि मनोनीत गरिने नव निर्बा्चित महासचिव दुर्गा हमालले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले गैर अवासीय नेपाली संघ कतारले दोहामा स्थापित संघ संस्था संघ समन्वय गर्दै आएकोले नवगठित नवलपरासी सेवा समाजले गर्ने सामाजिक कार्यमा पनि समन्वय गर्दै अगाढी बढ्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका संरक्षक के.बी. हमालले संस्था गठन गर्न गरेका प्रयाशहरु तथा बिगतको सम्झना गर्नुभएको थियो । संस्थाका सल्लाहकार मोहन कार्कीले अबका दिनमा संस्थाले तय गर्नुपर्ने काम तथा समाज सेवामा पुर्याऊनु पर्ने योगदान बारे चर्चा गर्नु भएको थियो । तदर्थ समितिका संयोजक सजन लौडारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली महिला समाज कतारकी कार्यबाहकअध्यक्ष अमिना खान, सुदूर पश्चिमेली नेपाली समाजको अध्यक्ष प्रेम चलाउने, गण्डकी प्रदेश समन्वय परिषदका वरिष्ठ उपाध्यक्ष प्रेम रसाइली,प्रदेश नम्बर ५ समन्वय परिषदका अध्यक्ष बुद्ध पान्डे, प्रदेश नम्बर ५ समन्वय परिषदका प्रथम उपाध्यक्ष ठाकुर कुमार परियार, समाजसेवी तेज कटुवाल, समाजसेवी शिव खडका, कमल घिमिरे, ईश्वर काफ्ले र जिल्ला संस्थाको तर्फबाट बुद्ध भुमी कपिलवस्तु सेवा समाजको अध्यक्ष केशव खनालले सुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा तदर्थ समितीका कोषाध्यक्ष कृष्ण पन्थीले आर्थिक प्रतिबेदन र महासचिव दुर्गा हमालले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । तदर्थ समितिका उपाध्यक्ष अमित बरालीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन महासचिव दुर्गा हमालले गर्नुभएको थियो । कतार स्थित दर्जनौ कलाकारहरको प्रतुती रहेको कार्यक्रममा कतार स्थित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, समाजसेवि, व्यावसायि, कलाकार तथा पत्रकारको उपस्तिथि रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *