बरेङमा असल बुहारी सम्मानित, सुत्केरीलाई रातो भाले

केशबराज क्षेत्री,बरेङ

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले धुल्लुबास्कोटका असल बुहारीलाई सम्मानित गरेको छ ।

सासु ससुरा सँगसगै भई हेरचाह गर्ने, घर वरपरको वातावरण सफा राख्ने र सामाजिक सेवाको काम गरेका विवाहित महिलालाई पालिकाले सम्मान गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।

सोमवार एक कार्यक्रमका बीच वडा नम्बर १ धुल्लुबास्कोटका ९ असल बुहारीलाई सम्मान पत्रद्धारा सम्मान गरेको पालिकाले बताएको छ । विभिन्न टोलका कला थापा लुरुङ, शान्ती छन्त्याल मजुवा, तारा पौडेल लिउँवा, लक्ष्मी आचार्य बास्कोट,हिरा थापा भिउडाँडा, देवी थापा उर्लेनी, प्रतिमा थापा गडेल, चन्द्रा श्रीस थापा, भिममाया पुन राना असल बुहारीका रुपमा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पालिकाले सोही वडा भित्रका ७० वर्ष माथिका ६० जना जेष्ठ नागरिकलाई पनि सम्मान सँगै स्वास्थ्य परिक्षण सहित आर्युवेद औषधी समेत वितरण गरेको छ । ६ जना सुत्केरी महिलालाई भने रातो भाले वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । मंगलबार वडा नम्बर २ हुग्दिशिरमा सोही कार्यक्रम गरिने गाउँपालिकाको कार्यालयले जानकारी गराएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *