बागलुङमा आज पनि दुर्घटना: जैमिनीमा सडकबाट चिप्लियो जिप

आदर्श अनलाइन,बागलुङ

जिल्लामा पछिल्लो समय दुर्घटनाको क्रम बढेको छ ।

बागलुङ बजारबाट जिल्लाको दक्षिण जैदी जाँदै गरेको जिप शुक्रबार साँझ बिनामारेमा दुर्घटना भएको छ ।

ध १ ज ७२५१ नम्बरको जिप बर्षा भएका कारण सडकबाट चिप्लिएर केही तल पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा जिपमा सवार रहेका तीन जना सामान्य घाइते भएका छन् । बिहिवार साँझ पनि जिल्लाको निसीखोलाको पातिहाल्नेमा रुकुमबाट आउँदै गरेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका थिए । यसअघि पनि जिल्लामा ठुलो जनधनको क्षति हुने गरि दुर्घटना भइरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *