आमाको सम्झनामा मानव आश्रम बागलुङलाई ५० हजार सहयोग

तस्विरः राजेशचन्द्र राजभण्डारी

आदर्श अनलाइन,बागलुङ

जिल्ला सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई बागलुङका एक व्यवसायीले आमाको सम्झनामा ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

सडकमा बेवारिसे अवस्थामा रहेका मानिसहरुको उद्धार र सेवामा समर्पित आश्रमलाई बागलुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष समेत रहनुभएका श्रीजय श्रेष्ठले ५० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । आफ्ना दिवंगत माताको स्मृति र सम्मानका लागि नगद ५० हजार मानव सेवा आश्रमका अभिभावक शिव खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।

बागलुङ उद्योग बाणिज्य संघले मंगलबार मात्र महोत्सवका अवसरमा टिकट बिक्रीबाट भएको आम्दानीबाट दुई लाख रुपैयाँ आश्रमलाई प्रदान गरेको थियो ।

सोही अवसरमा मानवीय सेवा भावले महोत्सव टिकट व्यवस्थापनमा आश्रमका तर्फबाट खट्ने स्वंयम्सेवकहरुलाई कृतज्ञता पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, बागलुङ नगरपालिकाका वडा अध्यक्ष लक्ष्मी बास्कोटा वडा अध्यक्ष गणेश थापा, एभिन्युज टिभीका सम्वाददाता राजेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष श्रीजय श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *