नेकपा बागलुङ नगर कमिटीको निर्णयः एक वार्ड,एक प्रशिक्षण

आदर्श अनलाइन,बागलुङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले एक वार्ड, एक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगर कमिटीका अध्यक्ष धनबहादुर परियारको अध्यक्षतामा बसेको बैठकले नगरका १४ वटै वडामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । नगर कमिटीले पहिलो चरणमा जनता सँग जनप्रतिनिधि अभियान सञ्चालन गरेको थियो ।

यही पुस २९ गतेदेखि नगरपालिका भित्रका वडा कमिटीसँगको समन्वयमा भेला, बैठक र बैचारिक प्रशिक्षण सञ्चालन गरिनेछ । नगरपालिकाको बलेवा क्षेत्रबाट शुरु हुने प्रशिक्षणमा केन्द्र, प्रदेश र जिल्ला स्तरिय नेताहरुको उपस्थिति रहनेछ ।

राष्ट्रिय राजनीतिमा पार्टी पहिलो र ठुलो भए पनि तल्लो तहमा बैचारिक स्तर खस्किदै गएकाले यसलाई ध्यानमा राखेर एक वार्ड, एक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको नेकपा बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । ‘पछिल्लो समय पार्टी कमिटी हो की उपभोक्ता समिति तल तल पुग्दा द्धिविधा सिर्जना हुने अवस्था देखिन थालेको छ,’ अध्यक्ष परियारले भन्नुभयो,‘यस बीचमा बैचारिक प्रशिक्षणको जरुरता देखेर प्रशिक्षण सञ्चालन गर्न लागेका हौं, कम्तीमा महिनाको एक दिन पार्टी र बाँकी दिन समृद्धिका लागि दिनुस् भन्ने हाम्रो अनुरोध छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *