रामरेखा सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ

रामरेखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङ नगरपालिका–१ रामरेखाको १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएएको छ ।

साधारणभामा सहकारीका सल्लाहकार तथा समाजसेवी कृष्णराज शर्मा, डिलबहादुर केसी, धर्मदत्त सापकोटा, रामरेखा आधारभूत विद्यालयका प्रधानाध्यापक कविराज जिसी, ऋण उपसमितिका सदस्य कुन्ती सापकोटा, शेयर सदस्य पार्वती परियार लगायतले मन्तव्य राख्दै सहकारी मार्फत आर्थिक समृद्धि ल्याउनका लागि सहकारी मार्फत आर्थिक कारोवार गर्न सुझाव दिनुभएकोे थियो ।

साधारणसभामा संस्थाका सचिव सरस्वती शर्माको प्रगति प्रतिवेदन, कोषध्यक्ष लक्ष्मी बोहोराको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक प्रमिता बिकले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा रु.५२ लाख ९७ हजार १००को शेयर पूँजी रु.१२ लाख २५ हजार २१२ आम्दानी गर्न सफल भएको संस्थाका अध्यक्ष गिता शर्माले बताउनुभयो ।

साधारणसभाका अवसरमा आदर्शकर्मी सुवास गौतम सम्मान ग्रहण गर्दै ।

संस्थाले उत्कृष्ट बचत गर्ने एक जना, शेयर सदस्यबाट जेष्ठ महिला एक जना, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, असल कर्मचारी, रामरेखा सामुदायिक वन उपभोक्ता समिति र बहिरा आवासीय माध्यमिक विद्यालयलाई सम्मान गरेको छ । यस्तै पत्रकारिता मार्फत सहकारीको प्रर्बद्धनमा उल्लेख्य भूमिका निर्वाह गर्ने रासस जिल्ला प्रतिनिधि तथा धोलागिरी जागरण दैनिकका सह–सम्पादक खेमराज गौतमलाई नगद तथा प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

संस्थामा हाल २१६ जना महिला मात्र शेयर सदस्य रहेका छन् । नयाँ सहकारी नीति अनुसार बहुउदेश्यीय सहकारीले बचत तथा ऋण बाहेकको अन्य काम गर्नुपर्ने भएकाले आगमी वर्षदेखि पुष्प खेती गर्ने योजना रहेको अध्यक्ष शमाृले बताउनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष गिता शर्माको अध्यक्षता, उपाध्यक्ष दुर्गा शर्माको स्वागत तथा सचिव सरस्वती शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *