फेन्सी व्यवसायी समितिको १० औं साधारणसभा सम्पन्न

तस्बिरः राजेशचन्द्र राजभण्डारी

आदर्श अनलाइन,बागलुङ

जिल्लामा रहेर कपडा तथा फेन्सी व्यवसायी गर्नेहरुको हकहितका लागि गठित कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङको १० औं साधारणसभा सभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले व्यवसायीको हकहितका लागि व्यवसायिक एकता अपरिहार्य भएको बताउनुभयो । जिल्लामा २१ वटा वस्तुगत संघ भए पनि अहिले नबिकरण नगरेको अवस्थामा रहेको भन्दै अध्यक्ष राजभण्डारीले तत्काल नविकरणका लागि तदारुकता देखाउन आग्रह गर्नुभयो । पछिल्ला बर्षहरुमा जताततै करको बोझ थोपरिएको भन्दै यसलाई समाधान गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, फेन्सी ब्यवसायी समितिका सल्लाहकार युगेश्वर वझा, नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघका जिल्ला अध्यक्ष रतन मलेपती, समाजसेवी देवबहादुर श्रेष्ठ, फेन्सी व्यवसायी समितिका सदस्य नन्दकली अधिकारी लगायतले व्यवसायिक हकहितको लागि समिति भए पनि व्यवसायीले उपभोक्ताको हित पनि हेर्नुपर्ने धारणा राखेका थिए ।

साधारणसभामा कपडा तथा फेन्सी व्यववसायी समितिका सचिव गोविन्द सुवेदीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोकुल कंडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित पारित भएको छ ।
कार्यक्रम कपडा तथा फेन्सी व्यवसायी समितिका अध्यक्ष चन्द्रकान्त शर्माको अध्यक्षता, प्रथम उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र सचिव गोविन्दप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *