नेपाल भ्रमण बर्षको निम्तो सहित कतारमा परेड

आदर्श अनलाइन, दोहा कतार

नेपाली राजदुतावास कतार र गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारले कतारको कर्नेसमा परेड गरेका छन् ।

नेपाल भ्रमण बर्ष सन् २०२०को प्रचारप्रसारको लागि आयोजना गरेको परेडमा कतारका लागी नेपाली राजदुत डा. नारदनाथ भारद्वाज वाग्ले संगै एनआरएन अभियानता तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो ।

करिब ५ किलोमीटर परेड समापन पछि बोल्दै राजदुत भारद्वाजले भ्रमण बर्षको अवधीमा प्रत्येक नेपालीले कतारी संगै यहाँ कार्यरत अन्य देशक ब्यक्तिहरुलाई नेपाल पठाउन सके नेपाल भ्रमण बर्ष सफल हुने बताउनुभयो । साथै उहाँले कतारको ब्यस्त ठाउँमा गरिएको परेडले भ्रमण बर्षको लागी टेवा पुग्ने भन्दै यो अवसर प्रदान गरेकोमा कतार सरकार र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा सहभागी ब्याक्तित्वलाई धन्यवाद ज्ञापन गर्दै एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउनु सबैको दायित्व रहेको भन्दै आफ्नो ठाउँ बाट सहयोग गर्न आग्रह गर्नुभयो ।

यसैबीच भ्रमण बर्षको लागी नेपाली राजदुतावास कतारमा हेल्प डेस्क समेत स्थापना गरिएको छ जहाँ बाट दूतावासमा आउनुहुने ब्याक्तित्व जो कतार वा अन्य देशको हुनुहुन्छ । उहाँलाई भिसा प्रक्रियाबारे जानकारी तथा नेपाल सरकारले तयार गरेको क्याटलक दिने र बुझाउने काम गर्ने एनआरएनए एनसिसी कतारका प्रवत्ता सन्तोष क्षत्रीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *