मुखियाको नाती माग्ने बनेर पनि चर्चा बटुल्दै

आदर्श अनलाइन, बागलुङ

जीवनमा दुःख र सुख दुवै स्थिर छैनन् र हुँदैनन् । सत्ता, पद, सम्पन्नताले मात्र मानिसको प्रतिष्ठा र सन्तुष्टि मापन गर्न मिल्दैन । तर, अधिक मानिस यो तितो सत्य र यथार्थताको धरातल छोड्छन् । र एक दिन महलबाट सडकमा आउँछन् । घुम्ने मेञ्चबाट भुईमा झर्छन् । सम्पन्नताको आलिसनबाट विपन्नतामा पुग्छन् ।

अहिले झट्ट कथा जस्तो र केवल आदर्श जस्तो लाग्ने यस्ता घटना समाजमा अझै बिद्यमान छन् । यही बिषयलाई मार्मिक कथाबस्तुमा ढालेर कलाकार नकुल ढकालले गीत सार्वजनिक गरेका छन् ।

समाजमा उच्च घरानाका परिवारका सन्तान धनसम्पतीकै कारण विकृतिमा फस्ने प्रवृत्तिलाई लिएर मुखियाको नाती बोलको गीत ढकालले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । चौतारीको बर बोलको चर्चित लोकप्रिय गीत लेखेका ढकाल यस गीतको म्युजिक भिडियोमा मुखियाको नातीको रुपमा अभिनय समेत गरेका छन् । ढकालको अभिनयलाई सामाजिक सञ्जाल मार्फत धेरैले रुचाएको र राम्रो लागेको प्रतिक्रिया दिएका छन् । यो भिडियोमा चर्चित कलाकार सुरविर पण्डित,दिपा पौडेल, म्याग्देली कालकार अमित विश्वकर्मा, रवि कार्की, व्यवसायि खेम केसी लगायतको उत्कृष्ट अभिनय देख्न सकिन्छ । लोकप्रिय गायक संगीतकार वसन्त थापा, नकुल ढकाल र अमित बिश्वकर्माले स्वर दिएको गीतको लय धुव्र जिसीले तयार गरेका हुन् ।

सारंगीको धुनमा पृथक शैलीमा तयार गीत र म्युजिक भिडियो उत्कृष्ट भए पनि यसको मुख्य थेगाको रुपमा भने पुरानो गीन नखेलौ जुवा र तास, धनको नाश, जीवनको बनिबासलाई प्रयोग गरिएको छ । यसले पुरानो गीतको पुनरावृत्ति त होइन भन्ने श्रोता दर्शकको मनमा प्रश्न उठे पनि गीतको बिषय, प्रस्तुती र शैलीले त्यस्तो आभाष भने हुन दिन्न । गीतको म्युजिक भिडियो सार्वजनिक भएको चार दिनमै ८६ हजार बढी दर्शकले हेर्नु पनि यसको ज्वलन्त उदाहरण हो ।

यस गीत र म्युजिक भिडियोमा जुवा तासको लतले घरपरिवारमा पर्ने आर्थिक, सामाजिक र मानसिक असरलाई दर्शाउन खोजिएको गायक सर्जक नकुल ढकालले बताए। गीत सार्वजनिक पछि प्राप्त श्रोता दर्शकको प्रतिक्रियाले आँफु र आफ्नो टिम निकै उत्साहित रहेको ढकालको भनाई छ । तारानाथ आचार्यको एरेञ्ज रहेको गीतको भिडियो गणेश सापकोटाले छायांकन र सुवास अम्गाईले सम्पादन गरेका हुन् । गीतको भिडियो लिंक तल छ । https://www.youtube.com/watch?v=2hgbq8OZUt4

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *