ढोरपाटनमा विपन्न बिद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा

हेम विश्वकर्मा, बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका–८ का विपन्न बिद्यार्थी, शारिरिक अपांगता भएका व्यक्ति तथा ज्येष्ठ न्यानो कपडा वितरण गरिएको छ ।

बिश्वकर्मा हेल्पिङ हेन अराउण्ड वल्ड द कुवेतले वडामा रहेका ज्येष्ठ नागरिक र बालबालिकालाई चिसोबाट बच्न न्यानो कपडा वितरण गरेको हो ।

पुस महिनाको सुरुवातसँगै ढोरपाटन क्षेत्रमा चिसो बढ्दै गएको छ । बर्षासँग भएको हिमपातले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट बच्नका लागि ढोरपाटन नगरपालिकाको बोबाङका बालबालिका र बृद्धबृद्धालाई न्यानो कपडा वितरण गरिएको संस्थाले जनाएको छ ।

वडा अध्यक्ष नन्दे सुनारको रोहवरमा वडामा रहेका १५ जना ज्येष्ठ नागरिकलाई कम्मल, शारिरिक रुपमा अशक्त भएका २० जनालाई सल र जनवादी आधारभुत बिद्यालयमा अध्यनरत अति बिपन्न परिवारका १५ जना बिद्यार्थीलाई झोला वितरण गरिएको संस्थाका सदस्य सुजन सेन्चुरीले जानकारी दिनुभयो ।

कार्यक्रम नयाँ पुस्ता नेपालका अध्यक्ष कुशल बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको स्थानीय धनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *