एन्फा कास्की अध्यक्षलाई झापड हान्ने प्रदेश सांसद मनाङे पक्राउ

आदर्श अनलाइन,पोखरा

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई पक्राउ गर्न अनुमति पाए लगत्तै प्रहरीले पक्राउ गरेको छ ।

मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फf) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । गुरुङले प्रदेश सांसद मनाङेले दुर्व्यवहार गरेको उजुरी बुधबार दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।

मुख्यमन्त्री कप फुटबल उद्घाटन समारोहमा भनाभन हुँदा मनाङेले मिलनलाई झापड हानेका थिए । बुधबार मिलन र मनाङेले पत्रकार सम्मेलन गर्दै आ–आफ्नो बचाउ गरेका थिए । मनाङेले गठलाई झापड हानेको स्वीकार गरेका थिए भने मिलनले आफूमाथि प्रदेशसभा सदस्यले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *