म्याग्दीमा घाँस काट्न हिँडेका व्यक्तिको मृत्यु

आदर्श अनलाइन, बेनी

म्याग्दी जिल्लामा घाँस काट्न हिँडेका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।

म्याग्दीको धौलागिरी गाउँपालिका-४ मुदीका ४० वर्षीय महेन्द्र गर्बुजाको भीरको खोचमा खसेर मृत्यु भएको हो । बिहीबार घाँस काट्न भनी हिडेँका गर्बुजा घर नफर्के पछि खोज्न जाँदा सिग्वाङ जङ्गलमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *