नेफ्स्कुनद्धारा पोखरामा दोस्रो कार्यकुशलता व्यवस्थापन कार्यशाला

आदर्श अनलाइन,पोखरा

सदस्य संस्थाहरुको संस्थागत विकास र सुदृढिकरणका लागि नेफ्स्कूनले विकास गरेको जोखिममा आधारीत साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रमको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रम नमुना साकोस पोखराको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो । कार्यक्रमलाई नेफ्स्कूनका सञ्चालक एवं नेफ्स्कून फिल्ड कार्यालय पोखराका संयोजक चण्डिप्रसाद शर्मा पौडेलले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी पौडेलले बचत तथा ऋण सहकारी संस्थाहरुले वित्तीय कारोवार गर्ने भएकाले कारोवारमा हुने जोखिमलाई न्यूनिकरण गर्न यो कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । पौडेलले सहकारी संस्थाका लागि जारी भएका पछिल्ला नीति नियमहरुको बारेमा जानकारी गराउँदै सहकारी संस्थाले नीति नियमको परिधि भित्र रहि सदस्यहरुको सन्तुष्टिमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कमला गिरी, पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समितिका संयोजक तेजनारायण, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम आयोजक संस्था नमुना साकोसका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, कोषाध्यक्ष हेमकुमार श्रेष्ठको स्वागत र सचिव केदार न्यौपानेको सञ्चालनमा सम्पन्नभएको थियो । कार्यक्रममा १० वटा संस्थाका ३० जनाको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *