बागलुङ सेवा समाज कतारको अध्यक्षमा सन्तोष पौडेल निर्वाचित

आदर्श अनलाईन, कतार ।

बागलुङ सेवा समाज दोहा कतारको ११ औ अधिवेशन सन्तोष पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दे सम्पन्न भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दे संस्थाका संरक्षक होमनाथ शर्माले संस्था स्थापना काल देखिनै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै नयाँ कार्यसमितिलाई थप प्रभावकारी रुपमा काम गर्न सुझाव दिनुभयो । संस्थाको संस्थापक समेत रहनु भएका शर्माले विगतका कठिन परिस्थतिमा पनि समाज सेवालाई निरन्तरता दिएको भन्दै नयाँ कार्यसमितिलाई निरन्तरता दिन आग्रह गर्नुभयो थियो ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका प्रस्तावित संयोजक चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, नेपाली समाज कतारका अध्यक्ष हिराधन राई, कतार नेपाली एकता समाजका महाचिव खिम बुढा, एनआरएनएका मानार्थ परिषद सदसस्य विमल सुवेदी, एनआरएनए आइसिसि सदस्य केवि हमाल, गैर आवासिय नेपाली संघ कतारका अध्यक्ष मोहम्द मुकतmदा मुसलमान, समाजसेवी क्रान्ति सिंह, समाजसेवी रामहरी गैरे, आदिवासी महासंघका प्रथम उपाध्यक्ष पुरुषोत्तम सुनुवार, दलित एकता सज्जालका अध्यक्ष किरण परियार, प्रदेश नम्बर पाचँ समन्वय परिषदका अध्यक्ष बुद्द पान्डे, गण्डकी प्रदेश समन्वय परिसषदका बरिष्ठ उपाध्यक्ष प्रेम रसाइली, प्रदेश नम्बर एक समन्वय परिषदका महासचिव निरन शर्मा, सम्पुर्ण जिल्ला संस्थाको तर्फबाट पर्वत समाज कतारका अध्यक्ष सविन्द्र श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बागलुङ जिल्लाको बारेमा सल्लाहकार प्रेम कुमार विश्वकर्माले जानकारी गराउनुभएको थियो । संस्थाका अध्यक्ष सागर पौडेलको अध्यक्षतमा सम्पन्न अधिवेशनमा स्वागत सल्लाहकार तेज नारायण पौडेल र सञ्चालन प्रमुख सल्लाहकार केदार शर्माले गर्नुभएको थियो ।

यस्तै संस्थाको नवनिर्वाचित प्रथप उपाध्यक्षमा टिका कार्की, द्दितिय उपाध्यक्षमा सत्यकी प्रताप सिंह, तृतिय उपाध्यक्षमा उमानन्द शर्मा, सचिवमा ईश्वर सापकोटा, सह–सचिव बाबुराम गैरे, कोषाध्यक्षमा चेतन पुन र सह– कोषाध्यक्षमा गोपाल थापा रहनुभएको छ । कार्य समिति सदस्यमा सुर्य रोकाय, कृष्ण सिर्पाली, हिरा वि.क., टेक रसाइली, राजु लेप्चन, दिपाल गुरुङ, ज्ञानु पुन, लक्ष्मी काउचा, किरण कुवर, नरेश केसी र निराजन गौतम रहेका छन ।

यो पनि पढ्नुहोस्