प्रथम अध्यक्ष कप भलिबलको खेल तालिका सार्वजनिक

आदर्श अनलाइन, बागलुङ

काठेखोला गाउँपालिकाको आयोजनामा माघ १५ देखि आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको खेल तालिका तय गरिएको छ ।

गाउँपालिका भित्रका ८ वडाबाट १५ टिमको सहभागिता रहेको प्रतियोगितामा उद्घाटन खेल वडा नम्बर ७ रेशको रातो र वडा नम्बर ८ लेखानीको रातो टिमबिच हुनेछ ।

प्रतियोगितामा वडा नम्बर १ पाला, २ भीमापोखरा, ३ धम्जा, ४ तंग्राम, ५ विहुँ, ७ रेश र ८ लेखानीका दुई/दुई टिम सहभागि छन् भने वडा नम्बर ६ बिहुँको १ टिमले सहभागिता जनाएको छ । नकआउटको आधारमा हुने प्रतियोगितामा १५ गतेदेखि नै सुरु हुनेछ । १५ टिमलाई दुई पोल (समूह) मा विभाजन गरिएको छ ।

कला, संस्कृति तथा खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा हुने प्रतियोगितामा भलिबलसँगै काठेखोला लोकतारा–२०७६ (गायन), सोरठी प्रतियोगिता–२०७६, विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, छेलो प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, धम्जा देउरालीदेखि बेलढुंगासम्म दौड प्रतियोगिता, जनप्रतिनिधि कर्मचारी संयोजन समितिबिच मैत्रिपूर्ण भलिबल खेल हुनेछ ।

भलिबल खेलको विजेताले एक लाख ३२ हजार र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै लोकतारा विजेताले ३० हजार, फष्ट रनरअफले २० हजार, सेकेन्ड रनर अपले १० हजार रुपैयाँ र सान्त्वना ४ जनालाई दुई हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

गजल प्रतियोगिताको प्रथमलाई १० हजार, द्धितीयलाई ७ हजार र तृतीयलाई ५ हजार पुरस्कारको व्यवस्था गरेको कार्यकारी अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो । सोरठी प्रतियोगिताको विजेताहरुलाई क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार व्यवस्था गरिएको छ । विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता विजेतालाई क्रमशः १० हजार ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिने छ ।

यसैविच प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक टिका संगम विकले जानकारी दिनुभयो । उहाँले मैदान निर्माण, मञ्च निर्माण, प्रचारप्रसार लगायतका सम्पूर्ण काम सम्पन्न भएको जानकारी दिनुभयो । प्रतियोगिताका सम्पूर्ण कार्यक्रम काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा देउरालीमा हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *