काठेखोला अध्यक्ष कप भलिवल शुरु, सामुहिक नृत्यमा लालीगुँरास प्रथम

बल रोका, धम्जा

जिल्लाको काठेखोला गाउपालिकाद्धारा आयोजित प्रथम अध्यक्ष कपको दोस्रो दिन बिहिवार पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ ।

काठेखोलाको वडा नम्बर ३ धम्जा देउरालीमा जारी प्रतियोगितामा काठेखोला गाउपालिका वडा नम्वर ८ लेखानी रातो, वडा नम्बर २ भिमापोखरा निलो, वडा नम्बर १ पाला निलोले शुरुवाति जित हासिल गरेका छन् ।

पहिलो खेलमा काठेखोला गाउपालिका वडा नम्वर ८ लेखानी रातोले वडा नम्वर ७ रेश रातोलाई पराजित गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा लेखानी रातोले पहिलो सेट ३०–२८ र दोस्रो सेट २५–२० ले जितेको थियो ।

दोस्रो खेलमा काठेखोला गाउपालिका वडा नम्वर २ भिमापोखरा निलोले वडा नम्वर १ पाला रातोलाई पराजित गरेको थियो । भिमापोखरा निलोले पहिले सेट २५–२२ र २५–२३ ले जित्यो ।
तेस्रो खेलमा काठेखोला गाउपालिका १ पाला निलोले वडा नम्वर ५ रातोलाई पराजित गरेको थियो । जसमा पाला निलोले पहिलो सेट २५–१९ र २५–२० ले जित निकालेको थियो ।

चौथो खेल काठेखोला गाउपालिका ३ धम्जा र वडा नम्वर ५ रातो बिचको खेलमा धम्जाले २५–२१, २३–२५ र २५–१७ ले जित हासिल गरेको थियो भने पाचौ खेलमा वडा नम्वर ३ भिमापोखरा रातो विरुद्ध वडा नम्वर ६ बिहु बिच भएको खेलमा भिमापोखरा बिजय भएको छ । भिमापोखराले पहिलो सेट २५–१९, र २५–१२ को सोझो सेटमा जित हासिल गरेको थियो ।

छैठौ खेलमा काठेखोला गाउपालिका ८ लेखानी निलोलाई पराजित गर्दै वडा नम्वर ७ रेश रातो बिजयी भएको छ । रेशले २५–१९ र २५–२३ को सोझो सेटमा जित्दै क्वाटर फाइनल प्रवेश गरेको छ । बाँकी खेल शुक्रवार हुने भलिबल संयोजक बाबुराम भण्डारीले जानकारी दिनुभएको छ ।

अध्यक्ष कपको अवसरमा बिहिवार नै अन्तर विद्यालय स्तरिय सामुहिक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ । प्रतियोगितामा लालीगुराँस इङ्गलिस बोर्डिङ प्रथम, अमर उच्च माध्यमिक विद्यालय दोस्रो र नारायणी मावि तंग्राम तृतिय भएका छन् । प्रतियोगितामा १० समुहले सहभागिता जनाएको संयोजक गणेश नेपालीले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *