मेयर कप फुटबल: बागलुङ र उदयपुरमा कसले जित्ला उपाधि ?

आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाममा जारी राष्ट्रिय स्तरको मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा बागलुङ र उदयपुर पुगेका छन् ।

मंगलबार दिउँसो १ः३० बजे हुने फाइनलमा आयोजक बागलुङ नगरपालिका र उदयपुरको चौदण्डगढी नगरपालिका भिड्नेछन् ।

सोमवार दिउसो भएको पहिलो सेमिफाइनल खेलमा बागलुङले तनहुँको भिमाद नगरपालिकालाई १–० गोल अन्तरले पराजित ग¥यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ८७ औं मिनेटमा भिमादका खेलाडीले डिबक्समा फल गरे पछि बागलुङले पेनाल्टीको अवसर पायो । उक्त अवसरको सदुपयोग गर्दै बागलुङका आशिष केसीले उत्कृष्ट पेनाल्टी प्रहार गर्दै टिमको जित सुनिश्चित गरे । तर, खेलको मध्यतिर पहेलो कार्ड पाएका केसी गोल गरेपछि सेलिव्रेसन गर्ने क्रममा डे«स खोले । र दोहोरो पहेलो कार्ड पश्चात रेड कार्ड खाँदै मैदानबाट बाहिरिए । रेड कार्ड पछि उत्कृष्ट खेल कौशल भएका केसी फाइनल खेल खेल्न नपाउने भएका छन् ।

दोस्रो सेमीफाइनल खेल पनि उस्तै रोमाञ्चक बन्यो । म्याग्दी बेनी नगरपालिका र उदयपुरको चौदण्डगढी नगरपालिका बीचको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकियो । त्यसपछि पेनाल्टी सुट आउटका क्रममा दुवै तर्फबाट ५–५ गोल भए पछि खेल सडन डेथमा पुग्यो । यस क्रममा बेनीका दिवस छन्त्यालको पेनाल्टी प्रहार आकाशियो । तर, चौदण्डगढी नगरपालिकाका पवन कार्कीले भने गोल किपरलाई सजिलै छल्दै आकर्षक गोल गरेर टिमको सेमिफाइनल यात्रा सुनिश्चित गरे । समग्रमा ६–५ गोल अन्तरले चौदण्डगढी नगरपालिकाले फाइनल यात्रा तय ग¥यो ।

मेयर कप फाइनलमा दुवै टिमले जितको दावी गरेका छन् । सेमिफाइनल खेल पश्चात जिल्ला फुटबल सघंले गरेको पत्रकार सम्मेलनमा आयोजक बागलुङ नगरपालिकाका प्रशिक्षक भिम बोहोराले आफ्नो टिम फर्ममा रहेको र होम ग्राउण्ड भएकाले त्यसको फाइदा उठाउदै उपाधि जिल्लामै राख्ने प्रयत्न गर्ने बताए ।

चौदण्डगढी नगरपालिकाका प्रशिक्षक बुद्वहाङ राइले उत्साही युवा र आफ्नो टिमको डिफेण्ड बलियो भएकाले शत प्रतिशत जित हासिल गर्ने गरि प्रयास गरिने बताए । यद्यपी, उपाधि जित्ने दबाबमा भन्दा पनि उत्कृष्ट खेल खेल्नेमा टिमको ध्यान हुने उनले बताए ।

२०७४ सालमा प्रादेशिक रुपमा शुरु गरिएको पहिलो सँस्करणको मेयर कप फुटबल यस पटकदेखि राष्ट्रिय स्तरको बनाइएको हो । बागलुङ नगरपालिकाले जिल्ला फुटवल संघ बागलुङसँगको समन्वयमा शहिद दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा देशभरका १० समूह सहभागी छन् ।

आगामी माघ २१ गतेसम्म चल्ने प्रतियोगितामा उपाधि बिजेताले नगद ३ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने दुई समूहले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार र विधागत तर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान स्वरुप ५ हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार पाउनेछन् ।

नगरपालिकाले २०७४ सालमा गण्डकी प्रदेश स्तरिय मेयर कप फुटवल प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा वालिङ नगरपालिका स्याङ्जाले पोखरालाई पराजित गर्दै उपाधि जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *