प्रदेश २ को समृद्धिका लागि सहकारी अगुवाई अनिवार्य: मन्त्री शाह

आदर्श अनलाइन,जनकपुर

प्रदेश नं. २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र शाहले प्रदेशको समृद्धि र विकासका लागि सहकारीको अगुवाई अनिवार्य रहेको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा प्रदेश नं. २ को समृद्धि र विकासमा सहकारी संघ/संस्था र राष्ट्रिय सहकारी बैंकको भूमिका विषयक एक दिने गोष्ठीको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री शाहले गरिवी निवारणका लागि सहकारी माध्यम नै उपयुक्त र भरपर्दो विधि भएकाले प्रदेश सरकार सहकारी अभियानसंग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताउनुभयो ।

बहुआयमिक गरिवीको हिसावले प्रदेश नंं. २ कमजोर अवस्थामा रहेको भन्दै उहाँले प्रदेशको गरिवी न्युनिकरणका लागि राज्य र सहकारी मिलेर प्रभावकारी रुपमा अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाइथियो । सहकारी र सरकारबीच समन्वयका लागि सहकारी क्षेत्रको गुणस्तर वृद्धिमा समेत राष्ट्रिय सहकारी बैंक लगायतका अभियानसंग समन्वय गरेर अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।

मन्त्री शाहलाई मायाको चिनो प्रदान गर्दै सहकारी बैंकका अध्यक्ष केवी उप्रेति

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी अभियानमार्फत मुलुकको समृद्धिका लागि सहकारीका संघहरुको सक्रियता बढाउनु पर्नेमा जोड दिनुभयो । सहकारीहरुले गरेका सकारात्मक कामहरुको प्रद्धर्वन गर्दै कमजोरी सुधार गरेर सहकारी अभियानलाई प्रभावकारी बनाउन र राज्यका निकायहरुसंग समन्वय गर्न उहाँले आवहान गर्नु भयो ।

सहकारी महासंघका नवनिर्वाचित अध्यक्ष मिनराज कंडेल सम्बोधन गर्दैै ।

गोष्ठी उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव, राष्ट्रिय समाजवादी दलका प्रमुख सचेतक परमेश्वर शाह, मिथिला नगरपाकिला प्रमुख हरिनारायण महतो, सबैला नगरपालिकाका प्रमुख विजय शंकर प्रसाद शाह लगायतले राज्यले अंगिकार गरेको तीनखम्बे अर्थनीतिअनुसार आर्थिक विकास र सामाजिक रुपान्तरणकालागि सहकारी र सरकारबीच समन्वय हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्दैैै बैंकका अध्यक्ष के.बी. उप्रेतीले राज्यले विपन्न वर्गका जनताको आर्थिक विकास र देशको गरिवीनिवारणका लागि विनियोजन गर्ने बजेट सहकारी बैंक मार्फत अगाडि बढाउनका लागि समन्वय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो । सहकारी क्षेत्रका लागि विनियोजन हुने बजेट सहकारी बैंकमार्फत परिचालन गर्ने हो भने लक्षित वर्गमा सहज रुपमा पु¥याउन सहजहुने भन्दै उहाँले राज्यले दिने रकमलाई ब्याजदरमा न्यूनतम अन्तर गरेर सहकारी बैंकले परिचालनगर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय प्रदेश नं. २ का सचिव डा.गोाविन्द शर्माले प्रदेशको आर्थिक विकासका नीति तथा कार्यक्रमहरु र यसमा सहकारी क्षेत्रबाट गरिएको अपेक्षा विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै सहकारी अभियानको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले प्रदेशमा सहकारीको अवस्था एवं प्रदेशको विकासमा सरकार र सहकारीबीच सहकार्यका संभावित क्षेत्रहरु विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षता, बैंकका सञ्चालक तथा २ नं. प्रदेशका संयोजक विश्वनाथ मण्डलको सञ्चालन र बैंकका सञ्चालक ध्रुवनारायण यादवको स्वागतमा सम्पन्न भएको थियो ।

गोष्ठीमाप्रदेश नं. २ बाट सहकारी अभियानका केन्द्रीय निकायमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरु, सहकारी मन्त्रालयसंग सम्बन्धित अधिकृतहरु, स्थानीयतहका प्रमुख तथा प्रतिनिधिहरु सहित १ सयजनाको सहभागिता रहेको थियो ।

गोष्ठीका सहभागीहरुले प्रदेश नं. २ को समृद्धि र विकासमा प्रदेश सरकार र सहकारी अभियानबीच सहकार्य गर्ने र निरन्तरता दिने, प्रदेश नं. २ का स्थानीय सरकारहरु समेतको तर्पmबाट प्रदेश सरकार र सहकारी अभियानको तर्पmबाट राष्ट्रिय सहकारी बैंकले भावी कार्यक्रम तय गर्ने र सञ्चालनको नेतृत्व गर्ने, भावी कार्यक्रममा प्रदेशका जनता, स्रोत साधन एवं सहकारी संघ/संस्थालाई परिचालन गर्ने कुरालाई प्राथमिकतामा राख्ने, कृषि उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकता दिने, प्रदेशका सम्पूर्ण स्थानीय सरकार तथा सहकारी संघसंस्थाहरु भावी कार्यक्रममा सहभागी हुने, सहकारी संघ तथा संस्थाको प्रबद्र्धन र विकासबाट दीगो बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *