विद्यालय फुटबलमा उदायो अमर आदर्श,चिल्डेन फाइनलमा पराजित

आदर्श अनलाइन, बागलुङ

जिल्लाको विद्यालय स्तरको फुटबलमा अमर आदर्श मावि सशक्त टिमका रुपमा उदाएको छ ।

बांगेचौरमा सञ्चालित दोस्रो चिल्ड्रेन लाईफ अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगितामा सशक्त उपाधि दाबेदार मानिएको आयोजक चिल्डेन लाइफ स्कुललाई फाइनलमा स्तब्ध पार्दै अमरले उपाधि चुमेको हो । उपाधि हासिल पछि अमर आदर्श जिल्लाको फुटबलमा सशक्त टिमका रुपमा उदाएको हो ।

शनिवार दिउसो भएको फाइनल खेलमा आयोजक चिल्डेक लाईफ इङ्गलिस बोर्डिङ स्कुल (सेतो)लाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै अमर आदर्शले उपाधि जितेको हो ।
निर्धारित ८० मिनेट र थप गरिएको २० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा अमर आदर्शको १ प्रहार चिल्ड्रेनका गोलकिपर सौगात खड्काले बचाए भने चिल्ड्रेनको २ प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो ।

पेनाल्टीमा अमर आदर्शको लागि अविशेक बोहोरा, सुनिल श्रीस, नारायण कुँवर र विपिन महतले गोल गरेभने कप्तान युबेश थापाको प्रहार चिल्ड्रेकका किपर सौगातले बचाएका थिए ।
चिल्ड्रेन लाईफको तर्फबाट अविशेक सिर्पाली, राजिव श्रीस र विविध थापाले पेनाल्टी गोल गरेका थिएभने लोकेन्द्र पुन र औषत कार्कीको प्रहार गोलबारमा लाग्दै बाहिरिएको थियो ।

उपाधि विजेता अमर आदर्शले ५० हजार नगद प्राप्त गर्योभने उपविजेता चिल्ड्रेन लाईफले २० हजार रुपैयाँमा चित्त बुझायो ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चिल्ड्रेन लाईफका कप्तान एवं गोलकिपर सौगात खड्का भए । यस्तै चिल्ड्रेन लाईफका लोक बहादुर पुन उत्कृष्ट डिफेन्डर अजय पुन उत्कृष्ट फरवार्ड घोषित भएका थिए । पुनले प्रतियोगितामा ७ गोल गर्दै उच्च गोलकर्ता समेत बनेका छन् । यस्तै अमर आदर्शका सञ्जन क्षेत्री उत्कृष्ट गोलकिपर र सुनिल श्रीस उत्कृष्ट मिडफिल्डर घोषित बन्दै ट्रफि प्राप्त गरेका छन् ।

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबको सहआयोजनामा माघ २८ गतेदेखि संचालन भएको प्रतियोगितामो १४ विद्यालयका १५ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै जिल्ला शिक्षा समन्वय इकाईका संयोजक कुश्माराज उपाध्यायले विद्यार्थीहरुलाई शिक्षाको साथै खेलकुदमा पनि अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षाको लागि शारीरिक र मानसिक तन्दुरुस्त हुनुपर्ने बताउँदै त्यसको लागि खेलकुदको जरुरत रहेको बतउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको संचालन शिक्षिका विजया चालिसेले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *