६० लाख ठगीमा बागलुङ पैयुँपाटाका कुवर सहित दुई पक्राउ

आदर्श अनलाइन,बागलुङ

बिदेश जाने क्रममा ठगी धन्दा गरेको आरोपमा बागलुङका एक सहित दुई जनालाई पक्राउ गरिएको छ ।

बागलुङ नगरपालिका १२ पैयुँपाटा कुँवरटोलका रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौरे देउरालीका गणेश लामालाई प्रहरीले ठगी अभियोगमा भक्तपुर ठिमीबाट पक्राउ गरेको छ ।

ललितपुरको इमाडोलमा डेरा गरी बस्ने दुबै जनालाई अमेरिका जान भिसा प्रोसेसका लागि ंबैंक व्यालेन्स देखाउन भनि ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा आइतबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार काठमाडौं तार्केश्‍वर नगरपालिका २ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ राख्न लगाई भोलीपल्ट बैंकबाट रकम निकाली ठगी गरी सम्पर्क विहीन भएका थिए ।

अभियुक्तहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्