सामुहिक प्रतिबद्धताबाट मात्रै सुरक्षित आप्रवासनः प्रजिअ

आदर्श अनलाइन, बागलुङ

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले सामुहिक प्रयासबाट मात्रै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषण रहित बनाउन सकिने बताउनुभएको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) को स्थानीय सेवा प्रदायिक संस्था विवाईसी संचालक समिति तथा सामी परियोजना गण्डकी प्रदेश संयोजकसँगको भेटमा प्रमुख जिल्ला अधिकारी सैंजुले वैदेशिक रोजगारमा हुने ठगी, पीडितको उद्धार तथा क्षतिपूर्तिको सबै निकायसँगको सहकार्यलाई प्राथमिकता दिने बताउनुभयो ।

नवआगन्तुक प्रमुख जिल्ला अधिकारीलाई सामी परियोजना गण्डकी प्रदेश संयोजक गीता कँडेलले परियोजनाको उद्देश्य, काम, कार्य प्रकृति र जिल्ला प्रशासनको भूमिका बारे जानकारी दिनुभएको थियो । जिल्ला प्रशासन वैदेशिक रोजगारको पहिलो कदम रहेको उल्लेख गर्दै परियोजना संयोजक कँडेलले प्रशासनको रहेको सुचना केन्द्रमा सबैको पहुँच पु¥याउने बातावरण तयार गर्न आग्रह गर्नुभएको थियो । ‘पासपोर्ट बनाउन आउने सबै सेवाग्राहीले परामर्श लिने बातावरण तयार गर्नु आवश्यक छ’ स्थानीय सेवा प्रदायिक संस्था विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले भन्नुभयो–‘आवश्यक सूचनाको अभाव र संजालको बारेमा थाहा नहुँदा वैदेशिक रोजगारमा ठगीने बढ्दो छ ।’

परियोजनाले जिल्ला प्रशासन कार्यालय भित्र वैदेशिक रोजगार सुचना स्रोत तथा परामर्श केन्द्र संचालनमा ल्याएको छ । उक्त केन्द्रबाट वैदेशिक रोजगारमा जानेहरुलाई आवश्यक सूचना, विदेशमा अप्ठ्यारोमा परेकाहरुको उद्धारमा सहयोग तथा निःशुल्क सीप तालिमको लागि सिफारिस गर्दै आएको परियोजना बागलुङ जिल्ला संयोजक मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
परियोजनाको जानकारी पछि प्रमुख जिल्ला अधिकारी सैजुले परामर्श केन्द्रमा सबैको पहुँच पु¥याउन प्रशासनको तर्फबाट आवश्यक बातावरण तयार गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । ‘वैदेशिक रोजगारलाई सुरक्षित बनाउनु हामी सबैको दायित्व हो’ उहाँले भन्नुभयो–‘परामर्श लिने बातावरण सृजनामा सहयोग गछौँ ।’

विवाईसी बागलुङको स्थानयि व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगामा संचालित परियोजना बागलुङ नगरपालिका, गल्कोट नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिमा संचालन भैरहेको छ ।

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, अक्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गर्ने विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *