समाजवादी पार्टी बागलुङको बलेवा स्तरिय प्रशिक्षण भेला सम्पन्न

आदर्श अनलाइन, बागलुङ

समाजवादी पार्टी बागलुङको बलेवा स्तरिय प्रशिक्षण तथा भेला शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार दलबहादुर खड्का, केन्द्रीय सदस्य तथा जिल्ला संयोजक चित्र सापकोटाले प्रशिक्षण दिनुभएको थियो ।

संघीयता, सुशासन, समाजवाद, शासकीय स्वरुप, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली, बिज्ञहरुबाट मन्त्री चयन लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणकै अवसरमा बागलुङ नगरपालिका १२ अमलाचौरमा समाजवादी पार्टीको वार्ड कमिटी गठन गरिएको छ । भेलाले हेमबहादुर केसीको अध्यक्षतामा २५ सदस्यीय वार्ड कमिटी गठन गरेको हो । जसको सचिवमा बुद्धिबहादुर नेपाली, प्रतिभा ढकाल कोषाध्यक्ष, सदस्यहरुमा प्रेमप्रसाद पौडेल, यदुनाथ घिमिरे, युनिस मिया, तुलसीप्रसाद सापकोटा, लिलाधर पाठक, रामप्रसाद सार्की, टेकनारायण गौतम, बसिरुल्ला मिया, रञ्जिता नेपाली, यामबहादुर केसी, मुक्तिराम पौडेल, खगेश्वर घिमिरे, सिता बिक, गंगा बिक, नेत्र गायक, कुलबहादुर सापकोटा, चित्रादेवी सापकोटा, पिताम्बर शर्मा, सिता घिमिरे रहनुभएको छ । तीन सदस्य पछि थप गरिने जनाइएको छ ।

भेलाले बलेवा क्षेत्रका साविक ३ गाविस नारायणस्थान, अमलाचौर र पैयुपाटा प्राविधिक त्रुटीवस नगरपालिकामा पारिएकाले एउटा छुट्टै गाउँपालिका बनाउन माग गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रम यदुनाथ घिमिरेको अध्यक्षता, प्रेमप्रसाद पौडेलको स्वागत मन्तव्य र युनिस मियाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *