एकीकरण पछिका योजनाबारे आदर्श र ओमका कर्मचारीलाई तालिम

आदर्श अनलाइन, बागलुङ

एकीकरणको प्रक्रियामा रहेका आदर्श सञ्चार सहकारी संस्था लिमिटेड र ओम बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ ।

एकीकरणपछि एकीकृत रुपमा कर्मचारीहरुले गर्ने काम, संस्थाको योजना तथा सदस्यहरुको सम्बन्धका विषयमा जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

प्रविधियुक्त दक्ष जनशक्ति, संस्थागत विकासको आधार भन्ने नाराका साथ दुवै संस्थामा कार्यरत कर्मचारीहरुलाई संस्थाको दीर्घकालिन रणनीतिक योजना अनुसार अगाडि बढ्न तालिम सहयोगी हुने सहभागीहरुले बताएका छन् ।

तालिममा संस्था एकीकरणपछि दुवै संस्थाको एकीकृत परिकल्पना, रणनीतिक योजना, योजना पुरा गर्नका लागि कर्मचारीहरुले गर्नु पर्ने काम लगायत सहकारीलाई सफल पार्न कर्मचारीका जिम्मेवारीहरुका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । उहाँले सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि कर्मचारीहरु दक्ष हुनु पर्नेमा जोड दिदै प्रविधिको अधिकतम उपयोगमा जोड दिनु भएको थियो ।

तालिम पछिको सामुहिक फोटो ः आदर्श सञ्चार सहकारी र ओम बचत तथा ऋण सहकारीका कर्मचारीहरु ।

साविक धौलागिरि अञ्चलका पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था र दक्षिण कोरियाबाट फर्केका बागलुङेहरुले स्थापना गरेको ओम बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रक्रिया अगाडि बढेको छ । दुवै संस्थाले एकीकरणका लागि पूर्व अनुमति लिएको र छिटै एकीकरण हुने तयारीमा रहेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी (अञ्जु) ले जानकारी दिनुभयो ।

दुई संस्था एकीकरण भई बन्ने एकीकृत संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर पूँजि, २२ करोड बचत र २३ करोड कर्जा लगानी हुने आदर्श सञ्चार सहकारी संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो ।

आदर्श सञ्चार सहकारी संस्था र रेश बहुउद्देश्यीय सहकारी संस्थाबीच २०७३ मा एकीकरण भई काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा पहिलो सेवा केन्द्र सञ्चालन गरेको संस्थाले थप सेवाकेन्द्रमार्फत सदस्यहरुलाई सेवा दिने संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *